काठमाडौं । चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ हरेक बिहीबार राती हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।
तर, हिजो भने टेलिसिरियलको नयाँ भाग प्रशारणमा नआएर पुरानै भाग पुनः दोहोरियो ।
टिमभित्रका केही कलाकारहरूमा देखिएको स्वास्थ्य समस्याका कारण नयाँ भाग छायाँकन गर्न नसकिएको टेलिसिरियलका लेखन, निर्देशक एवं कलाकारमध्येका एक अर्जुन घिमिरेले जानकारी दिएका छन् ।
उनले आगामी हप्ताबाट भने आफूहरूले नियमितरुपमा नयाँ भाग प्रशारणमा ल्याउने समेत जानकारी दिएका छन् ।