काठमाडौँ । बलात्कारको आरोपमा जिल्ला अदालत नवलपुरमा उपस्थित गरिएका अभिनेता पल शाहको बयान सकिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई आज (मंगलबार) जिल्ला अदालत नवलपुर ल्याएर बयान लिइएको हो । अदालतका इजलास अधिकारीले उनको बयान लिएका हुन् ।
भोलि (बुधबार) शाह विरुद्धको मुद्दाको थुनछेक बहस हुनेछ । उनीविरुद्ध नाबालिग बलात्कारको अभियोग छ ।