काठमाडौँँ । बुधबार(आज) सुनको भाउ बढेको छ ।
बुधबार सुनको भाउ अघिल्लो दिनको तुलनामा २०० रुपैयाँले बढेको छ। यो सँगै छापावाल सुनको मुल्य १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने यो दिन तोलामा १० रुपैयाँ बढेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।