काठमाडौँ । अभिनेत्री पूजा शर्माले विवाह गरेकी छन्। उनले प्रेमी युद्ध बानियाँसँग शनिबार विवाह गरेकी हुन्।
भक्तपुरको साँगास्थित पाँचतारे होटलमा उनीहरुको वैवाहिक समारोह आयोजना गरिएको थियो।
अभिनेत्री शर्मा र बानियाँ ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए। ललितपुरको झम्सिखेलमा केही वर्षयता उनीहरूले ‘ट्याग’ रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन्।