सुनको मूल्य घट्यो

न्युजलय ८ चैत २०८२, आइतबार ०४:५२ मा प्रकाशित

काठमाडौं। सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेर दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आइतबार घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ।