सुनको मूल्य बढ्यो

न्युजलय ८ मङ्सिर २०८२, आइतबार ११:०८ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलमा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम छ । 

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।