काठमाडौं । मिस नेपाल–२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ ।
आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।
इटहरीको होटल मादेन इनमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ ।
सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारी छ । इटहरीपछि वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा मार्च १५ सम्म क्षेत्रीय अडिसन हुने उल्लेख छ । सबैभन्दा अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी छ ।
अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्याउन क्षेत्रीय अडिसनको थालनी गरेको थियो । जसकारण अघिल्लो संस्करणमा मात्र ७०० आवेदन प्राप्त भएको थियो ।