काठमाडौँ । शुक्रबार(आज) सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँ रहेकोमा शुक्रबार बढेर १ लाख १८ हजार रुपैयाँ पुगेको छ भने तेजावी सुन १ लाख १६ हजार ९ सय ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख १७ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।
यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ ।