कवि खतिवडाको मुक्तक संग्रह लोकार्पण

न्युजलय २७ कार्तिक २०८२, बुधबार ०५:१७ मा प्रकाशित

विराटनगर l मुक्तक सङ्ग्रह "ढुङ्गो फुलेपछि" लोकार्पण गरिएको छ। विराटनगरमा आयोजित एक कार्यक्रममा प्राज्ञ विवस पोखरेल र नेत्र खतिवडाद्वारा लिखित सो संग्रहको लोकार्पण गरिएको हो।


नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा कवि बलराम पोखरेल, कवि राज न्यौपाने, सरला चापागाई, भुषण ढुङ्गेल, उमेश लुईटेल, सुरेन्द्र कुमार साह, प्रयाग न्यौपाने लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।


मुक्तक सङ्ग्रह "ढुङ्गो फुलेपछि" ले जीवनका कठोर क्षणहरूमा पनि सुन्दर भावना फुल्न सक्छन् भन्ने सन्देश दिने कवि खतिवडाले बताए।