बोलिभियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

न्युजलय १६ फाल्गुण २०८२, शनिवार ०६:०८ मा प्रकाशित

काठमाडौं । बोलिभियाको राजधानी ला–पाजनजिक विमान दुर्घटना भएको छ । एक मालवाहक (कार्गो) विमान उडान भरेको केही मिनेटमै दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

दुर्घटनामा विमान रनवेबाट चिप्लिएर नजिकैको सहर एल आल्टोस्थित एक राजमार्गमा पुगेको थियो । त्यहाँ गुडिरहेका धेरै सवारीसाधनलाई विमानले ठक्कर दिएको थियो ।

अधिकारीहरूका अनुसार, शुक्रबार भएको उक्त दुर्घटनामा कम्तीमा १५ वटा सवारीसाधनमा क्षति पुगेको छ । मृत्यु हुनेहरू विमानमा सवार थिए वा गाडीमा सवार थिए भन्ने हालसम्म स्पष्ट हुन सकेको छैन ।

यो विमानले देशको केन्द्रीय बैंकबाट छापिएका नयाँ नोट अन्य सहरमा लैजाँदै थियो । दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।