मेष । आफन्तहरूबाट सहयोग पाइएला। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। समय अनुरूप चल्ने प्रयास गर्नुहोस् नभए पछाडि पर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
वृष । अरुका लागि बुद्धि र समय खर्च गर्नुपर्ला। जग्गा जमिनबाट लाभ हुनेछ। आत्मविश्वासमा कमीले प्रतिस्पर्धामा पछाडि परिएला। कमजोर नतिजालाई मेहनत गरेर सच्याउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन । परिश्रम अनुरुप सफलता मिल्नेछ। नोकरी वा पेशामा नयाँ नयाँ जिम्मेवारी मिल्नेछ। अग्रज वा सहयोगीहरूको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई पनि सजिलो बनाउन सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट । कार्य समयमा सम्पादन नहोला। कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन्। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। आफन्तहरूबाट सहयोग पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह । व्यक्तित्वमा निखार ल्याउने समय रहेको छ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछाडि हट्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या । वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर वेवास्था नगर्नुहोस। नोकरी वा पेशामा आलोचकहरू बढ्नेछन् सावधान रहनुहोला। छर छिमेकीसँग वादविवादले समस्या निम्त्याउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
तुला । अपरिचित व्यक्तिको विश्वास नगर्नुहोला भविष्यमा दुःख पाइनेछ। दायित्व निर्माणमा सफलता पाइनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक । प्रतीक्षाको नतिजा संतोशजनक रहनेछ। धैर्य र पराक्रमले कार्यमा सफलता मिल्नेछ। मेहनतले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
धनु ।कार्यको जिम्मेवारी प्राप्त हुनेछ। योजना बनाएर कार्य गर्नुहोस् काममा सफलता मिल्नेछ। इष्टमित्रहरूको सहयोग पाइएला। भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर । विश्वास पात्रबाट धोखा पाइएला सावधान रहनुहोस्। नियमित कार्यसम्पादन गर्न बाधा हुनेछ। राजनीतिक क्षेत्रमा हजुरको कुराको मान राखिनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ । लगनशीलताले कार्य गर्नुहोस् लक्ष्य प्राप्त गर्न सजिलो रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापारलाई लिएर रमाइलो यात्राका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन । कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। कार्यक्षेत्रमा समस्या पन्छाएर अधिकार स्थापित गर्न सक्नुहुनेछ। नयाँ लगानी लगाउनु भन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
स्रोत हाम्रोपात्रो