पल शाह प्रकरण : नवलपुरमा थुनछेक बहस सकियो

न्युजलय २४ चैत २०७८, बिहिबार ०१:१४ मा प्रकाशित

काठमाडौं । नाबालिग गायिकालाई बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा जिल्ला अदालत नवलपुरमा थुनछेक बहस सकिएको छ ।

 

किशोरीको पक्षबाट तीन वकिल र शाहको पक्षबाट ९ जना वकिलले बहस गरेका छन् । किशोरीका पक्षबाट अदालतका वैतनिक वकिल दीपक भट्टराईसहित तीन वकिलले बसे गरेका थिए ।


बहसमा किशोरी पक्षका वकिलले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेका थिए । नवलपुर जिल्ला अदालतका अनुसार आज नै आदेश आउने छ । ३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेका थिए ।


यसअघि जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो ।