कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

न्युजलय १० बैशाख २०८२, बुधबार १२:२३ मा प्रकाशित

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।

बुधवार बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मङ्गलबार राती वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । प्रहरीका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।