बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०७:२२ मा प्रकाशित

बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।


देहिमाडौँबाट जन्ती लिएर सीमायलतर्फ छुटेको म १ ज ३१० नम्बरको जीप गएराति साढे ८ बजे दशरथचन्द नगरपालिका ४ को कलुवाड मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले जानकारी दिए ।


उनकाअनुसार दुर्घटनामा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षका खेमसिंह कार्कीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।


दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।