झापा । श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका भनिएका तेह्रथुमका एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ ।
तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठलाई झापाको काँकरभिट्टाबाट पक्राउ गरेर तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
२६ वर्षीया श्रीमती रेशिकाको हत्या आरोपमा उनलाई काँकरभिट्टाबाट शनिबार पक्राउ गरिएको हो। काँकडभिट्टाको एउटा होटलमा लुकेर बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो। घटनापछि श्रेष्ठका श्रीमान राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए।