उदयपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ

न्युजलय १३ बैशाख २०८२, शनिवार ११:२९ मा प्रकाशित

उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका–७ स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा गाइघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्र ३–०२–०१३ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उदयपुर उदयपुरगढी–७ का २६ वर्षीय सन्तोष मगरको साथबाट लुकाईछिपाई ल्याएको दुई थान भरूवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मगरको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।