तमोर नदीमा जलसतह खतरा तह पार, सतर्कता अपनाउन आग्रह

न्युजलय ८ भदौ २०८०, शुक्रबार १२:१२ मा प्रकाशित

काठमाडौं । तमोर नदीको जलसहतले खतरा तह पार गरेको छ । तमोरको त्रिबेनि जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जलसहत बढ्दो क्रममा छ । 

धनकुटाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा स्थानमा बेलुका ५ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

यस्तै कमला नदीको बेलसोत उदयपुर जलमापन केन्द्रमा जलसतह खतरा तहभन्दा केही तल रहेको छ । जलसतह बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।