धरानमा डेंगु संक्रमणबाट आठजनाको मृत्यु, ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई तीव्रता

न्युजलय १८ साउन २०८०, बिहिबार ०३:०५ मा प्रकाशित

धरान । धरान मा डेंगुको संक्रमण बढ्दै गएको छ। नगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार धरानमा दुई हजार ६ सय ५४ जना डेंगु संक्रमित भेटिएका छन्।

चार हजार चार सय ५३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। हालसम्म आठजनाले डेंगु संक्रमणबाट ज्यान गुमाइसकेका छन्। संक्रमण दर ६० प्रतिशत रहेको महाशाखाले जनाएको छ।

डेंगु संक्रमण दर उच्च देखिएपछि उपमहानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चलन गरेको छ। मंगलबार बसेको कार्यपालिकाको आकस्मिक बैठकको निर्णयअनुसार बुधबार टोलटोलमा अभियान सञ्चालन गरिएको हो।