उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

न्युजलय १२ कार्तिक २०८२, मङ्गलबार ०६:३७ मा प्रकाशित

काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न हुदै छ ।

छठ पर्व विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।