ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका १० बेतेनीमा आगलागीमा परेर आमा–छोराको मृत्यु भएको छ ।
आगलागीमा परेर करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उनका १५ वर्षीय छोरा कन्चन धमलाको मृत्यु भएको हो ।
सोमबार दिउँसो बाहुनडाँडास्थित खरबारीमा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पनि पुष्टि गरेको छ ।