जोर्डनको एक कम्पनीले माग्यो २५० जना नेपाली कामदार

न्युजलय २३ माघ २०७८, आइतबार ०८:५९ मा प्रकाशित

 काठमाडौं । जोर्डनको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । 

जोर्डन सहरमा रहेको mas kreeda al safi कम्पनीले २० जना पुरुष कामदार र २३० जना महिला गरि जम्मा २५० जना नेपाली कामदारको माग गरेको हो ।   

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३२ हजार बढि पाउनेछ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।