सुनचाँदीको भाउ घट्यो

न्युजलय १३ चैत २०८०, मङ्गलबार १२:१६ मा प्रकाशित

 काठमाण्डौ ।  मंगलबार(आज) सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । 

हिजो तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ५ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।