कांग्रेस अधिवेशनमा जिल्ला सचिवमा उठेका मोरङका दुई मेयर पराजित

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार १०:३९ मा प्रकाशित

मोरङ ।  कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न मोरङ जिल्ला अधिवेशनमा दुई जना मेयर पराजित भएका छन् । 

सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् । 

जिल्ला सचिवमा संस्थापन पक्षबाट उठेका सुन्दरहरैंचाका मेयर ढकालले १ हजार ८४ र रतुवामाईका मेयर राईले ४ सय ५५ मत प्राप्त गरे ।

जिल्ला सचिवमा संस्थापन इतर पक्षबाट मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । घिमिरेले १ हजार २ सय ३५ र श्रेष्ठले १ हजार ५ सय ६९ मत प्राप्त गरेर विजय भएका हुन् ।

जिल्लाको उपसभापतिमा संस्थापन इतरपक्षका नागेश कोइराला र भक्तिनाथ माझी निर्वाचित भएका छन् ।