इटहरीका गुरागाईँ झुण्डिएको अवस्थामा मृत फेला

न्युजलय ३३ जेठ २०८०, शुक्रबार ०६:४७ मा प्रकाशित

इटहरी । इटहरी २० तरहराका तीर्थराज गुरागाईँ मृत फेला परेका छन् ।

बुधबार साँझदेखि घरबाट निस्किएका ३९ वर्षीय गुरागाईँ बिहीबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

तरहरा प्रहरी चौकीका अनुसार इटहरी–१९ मा पर्ने जंगलस्थित पर्के शिरिषको बोटमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक गुरागाईँ गत मंसिरमा भएको निर्वाचनमा लोकतान्त्रिक समाजवादीबाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए ।