सेयर बजार घट्यो

न्युजलय ३१ भदौ २०८३, बुधबार ०४:१७ मा प्रकाशित

काठमाडौं ।  बुधबार सेयर बजार २१.१९ अंक घटेको छ ।

आजको कारोबारपछि नेप्से परिसूचक २६१२ अंकमा कायम भएको छ । 

कारोबार रकम पनि आज घट्यो । अघिल्लो दिन ८ अर्ब २९ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोडको भयो ।

सबै समूहगत सूचक घटेका छन् । 

आज ४२ कम्पनीको मूल्य बढ्दा २२५ को घटेको छ भने १२ को स्थिर रह्यो ।