२०७८ साल माघ ६ गते बिहिबार

मोबाइलमै बित्न थाल्यो दैनिक करिब ५ घण्टा समय

न्युजलय २९ पुस २०७८, बिहिबार ०९:०४ मा प्रकाशित

काठमाडौं । मानिसहरूले दैनिक औसत ४.८ घण्टा मोबाइलमा बिताउन थालेका छन् । एप मनिटरिङ फर्म एप एन्नीको रिपोर्ट अनुसार सन् २०२१ मा सबै एप दुई खर्ब ३० अर्ब पटक डाउनलोड भएका छन् ।

विश्वव्यापी रुपमा टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ, जसमा सन् २०२० तुलनामा प्रयोगकर्ताले २०२१ मा ९० प्रतिशत बढी समय व्यतीत गर्न थालेका छन् । एप एन्नीको पूर्वानुमान अनुसार सन् २०२२ को मध्यसम्ममा टिकटकका मासिक सक्रिय प्रयोगकर्ता डेढ अर्ब माथि पुग्नेछन् ।

मोबाइल एपमा मानिसहरूले बिताउने औसत समय चार घण्टा ४८ मिनेट रहेको छ । यसका लागि कम्पनीले भारत, टर्की, अमेरिका, जापान, मेक्सिको, सिङ्गापुर र क्यानडा सहित १० ओटा बजारको हिसाब किताब गरेको थियो । ब्राजिल, इन्डोनेसिया र दक्षिण कोरियाका प्रयोगकर्ताको मोबाइलमा बिताउने औसत समय पाँच घण्टाभन्दा माथि पाइएको छ ।