इनरुवा । जयकृष्ण यादवको अध्यक्षतामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवा नगरपालिका कमिटी गठन गरिएको छ । महासंघका केन्द्रिय सचिव काशीनाथ दंगालको पहलमा शनिबार भएको भेलाले यादवको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा विश्वानाथ ओझा, सचिवमा राकेश निरौला, सहसचिवमा निर्मल सिंह र देबका दाहाल कोइराला रहेका छन् । यस्तै सदस्यहरुमा पूजा चौधरी, रामसुन्दर शाह, कमल कार्की, शशि थापा (मगर), सत्यनाराय शर्मा र उमाकान्त मेहता रहेका छन् । कार्यक्रममा एमाले नेता खेमराज पोख्रेलको समेत उपस्थिती रहेको थियो ।