सवारी ज्यान मुद्दाका फरार प्रतिवादी दुहवीका चौधरी पक्राउ

न्युजलय १५ साउन २०८०, सोमबार ०३:१० मा प्रकाशित

सुनसरी । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी दुहवी नगरपालिका–९ का २८ वर्षीय अजय कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत सुनसरीको २०७८ बैशाख ३० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद र ३२ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरीले दुहवी नगरपालिका–९ बाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा अदालतको आदेशले झुम्का कारागार सुनसरी पठाइएको छ ।