भोजपुर । खोलाले बगाउँदा भोजपुरमा एक जना सव–इन्जिनियरको मृत्यु भएको छ ।
टेम्मेमैयुङ गाउँपालिका –९ मा पर्ने राउने खोलाले बुधवार राती बगाउँदा सव–इन्जिनियर मन्दिप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
टेम्केमैयुङ गाउँपालिकामा कार्यरत सव–इन्जिनियर राईलाई बाढीले पुल निर्माण भइरहेको स्थानमा रहेको जेसिवि र पुलको जग बगाउन थालेपछि जोगाउने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।
जेसिवि चालक भने हाम फालेर बाच्च सफल भएको प्रहरीको भनाई छ । सव–इन्जिनियर राई भने हाम फाल्ने क्रममा खोलाको भंगालेमा परेपछि बगाएको बताइएको छ ।
राईको शव करिब तीन किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।