धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका –५ स्थित जाल्पादेवी माध्यमिक विद्यालय धनकुटाका एक शिक्षकमा कोरोना संक्रमण देखिएपछि एक सातालाई विद्यालय बन्द गरिएको छ ।
कोरोना शून्य रहेको धनकुटामा शनिबार एक शिक्षकमा कोरोना पुष्टि भएको हो । विगतमा ती शिक्षक अन्यन्त्र कतै पनि नगए पनि संक्रमित भएपछि स्वास्थ्य सतर्कता बढाइएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
शिक्षकलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको छ । पिसिआर गरेर कोभिड–१९ पोजेटिभ आएपछि शिक्षक घरमै होम आइसोलेसनमा छन् ।
१० पुसपछि संक्रमित शिक्षकको अवस्था, विद्यार्थी र अन्यष् शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य बने पुनः बैठक बसेर निर्णय गरिने जनाइएको छ ।