इटहरी । इटहरीस्थित जनता माविले आफ्ना विद्यार्थीहरुलाई सामान्य ज्ञानसम्बन्धि प्रशिक्षण दिएको छ ।
हाजिरिजवाफ प्रतियोगितादेखि लोकसेवा आयोगका परिक्षासम्म आवश्यक पर्ने सामान्य ज्ञान पढ्ने र याद गर्ने तरिकाबारे प्रशिक्षण दिइएको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए । कार्यक्रमको सहजिकरण शिक्षक उद्वव रेग्मीले गरेका थिए । कार्यक्रममा ४० जना विद्यार्थीहरुको सहभागिता थियो ।