हावाका कारण कतार र मालिन्दो एअरका जहाज अवतरण हुन सकेनन्

न्युजलय १२ फाल्गुण २०७९, शुक्रबार ०६:४९ मा प्रकाशित

काठमाडौं । तीव्र गतिको हावाका कारण कतारबाट आएको कतार एअरवेज र मलेसियाबाट आएको मालिन्दो एअर अवतरण हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले हावाका कारण जहाज अवतरणमा समस्या भएको बताए ।

सिटौलाले जहाज आकाशमै फर्काइएको र केहीबेरमै अवतरणको तयारीसमेत भएको जानकारी दिए । हावाको चाप सामान्य भएपछि अवतरण गराइने उनले बताए ।