प्रदेश १ ले माग्यो ठूलो संख्यामा कर्मचारी

न्युजलय १९ मङ्सिर २०७९, सोमबार ०७:३४ मा प्रकाशित

काठमाडौं । प्रदेश लोक सेवा आयोग प्रदेश १, विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । 


स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको हो । 

 

योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन् । 


अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ । 

 

सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।