इटहरीका विद्यालयमा दुई दिन बिदा थपियो

न्युजलय २४ जेठ २०८०, बुधबार ०२:०७ मा प्रकाशित

इटहरी । इटहरीका विद्यालय थप दुई दिन बिदा हुने भएको छ । जेठ २५ र २६ गते दुई दिन बिदा थप गरिएको हो । 

पछिल्लो समय बढेको गर्मीले गर्दा इटहरी उपमहानगरपालिकाले जेठ २१ गते देखि २४ गते सम्म विद्यालय बिदा दिने निर्णय गरेको थियो ।

तर हाल सम्म पनि मौसममा सुधार नआएका कारण दुई दिन बिदा थप गरिएको उपमहानगरपालिकाले जनाएको छ ।