उर्लाबारीबाट खैरो हेरोइनसहित ३ जना पक्राउ

न्युजलय ५ बैशाख २०८०, मङ्गलबार ०८:११ मा प्रकाशित

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ३ केर्खाली चोकबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ३ जना सोमबार राति पक्राउ परेका छन् । 

विश्वास धिमालको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धिमालसहित २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्कालाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुको साथबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको एसपी पोखरेलले बताए । पक्राउ परेकाहरु लागूऔषधका प्रयोगकर्ता र कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।