हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

न्युजलय २६ मङ्सिर २०७८, आइतबार ११:०८ मा प्रकाशित

धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। 

कञ्चनपुरको लालझाडीस्थित ढक्का शिविरमा बस्ने ४० वर्षीय खगराज रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

शनिबार(हिजो) बेलुका रानालाई हात्तीको बथानले घरमै आक्रमण गरेको बताइएको छ । स्थानीयका अनुसार घरमा सुतिराखेको बेला एक्कासी हात्तीले आएर आक्रमण गरेको थियो।

यस क्षेत्रमा हात्तीका कारण स्थानीय त्रसित बन्दै आएका छन्।