सुनको मूल्य घट्यो

न्युजलय १२ साउन २०८२, आइतबार १२:०२ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ११ सय रुपैयाँले घटेको हो ।    

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घट्दै प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ ।