नागरिकता किर्ते गरेको आरोप लागेका धरानका लिम्बुसहित दुई जना जेल चलान

न्युजलय ३ साउन २०८०, बुधबार ०८:०९ मा प्रकाशित

विराटनगर । नागरिकता किर्ते गरेको आरोप लागेका दुई जना जेल चलान भएका छन्  ।  

नागरिकतामा किर्ते गरेको उजुरीका आधारमा पक्राउ परेका उनीहरु जेल चलान भएका हुन्  । मोरङको लेटाङ नगरपालिका–७ का वर्ष ६१ का सुर्यहाङ लिम्बु र सुनसरी धरान–११ का वर्ष ६० का सूर्य बहादुर फ्याङ्ग लिम्बु जेल चलान भएका हुन् ।   

सुर्यहाङ लिम्बुबाबु भई जिल्ला कास्की पोखरा–१० घर भएका रविन गुरूङ,  पोखरा – १२ का   १९ बर्षीय  प्रशान्त मगर र  पोखरा –१६ बस्ने वर्ष २९ का गणेश गुरूङको झुठा विवरण पेश गरी सुरज लिम्बु, साजन लिम्बु र सविन लिम्बुको नाममा झुठो नागरिकता बनाएको प्रहरीले जनाएको छ। 

२०७८ माघ  २४ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट झुठा विवरण पेश गरी नागरिकता बनाएको कसुरमा पक्राउ परेका सुर्यहाङ लिम्बु र सूर्य बहादुर फ्याङ्ग लिम्बुलाई मोरङ जिल्ला अदालतले  पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।  उनीहरूलाई नागरिकता किर्ते गरेको मुद्दामा अनुसन्धान भएको थियो ।