बैकिङ कसुर मुद्धाका फरार धरानका मुन्ना पक्राउ

न्युजलय ७ पुस २०७८, बुधबार ०४:४२ मा प्रकाशित

इटहरी । बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी धरान–१३ का ३८ बर्षिय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत विराटनगरको २०७६ साल बैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र चार लाख पचास हजार सात सय जरिवाना भएता पनी हाल सम्म फरार रहदै आएका थापालाई १ नं प्रदेश प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा कैद भुक्तानको लागी आजै कारागार चलान गरेको छ ।