फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करण एकैदिन प्रदर्शन हुने

न्युजलय २७ भदौ २०७९, सोमबार ०१:३९ मा प्रकाशित

कामाण्डौ । फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने भएको छ।

असोज ७ गतेदेखि पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकहरूले हिन्दी संस्करणलाई रुचाएका थिए।

भारतमा पनि यो फिल्म हिन्दी संस्करणमा सोही दिन प्रदर्शन हुनेछ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको रहेको छ भने सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।