मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु, इटहरीका अधिकारी घाइते

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ११:३३ मा प्रकाशित

विराटनगर । बूढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको सोमबार(आज) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

तीव्र गतिमा रहेको मोटरसाइकलले बूढीगंगा–१ स्थित गंगा चोकमा ठक्कर दिँदा पैदल हिँडिरहेका पटेल गम्भीर घाइते भएका थिए ।

सडक पार गर्दै गरेको अवस्थामा उनलाई आइतबार राति मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । पटेलको उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज  मृत्यु भएको हो ।  

दुर्घटनामा  मोटरसाइकल चालक इटहरी –४ का ३० वर्षीय अशोक अधिकारी  सामान्य घाइते भएका छन् । अधिकारीको विराट शिक्षणमै उपचार भइरहेको  छ । प्रहरीका अनुसार अधिकारीको साथमा सवारी चालक अनुमति पत्र नभएको पाइएको छ ।