इटहरी । प्रदेश १ मा आज थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
३७७ जनाको पीसीआर परीक्षण गर्दा ३१ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ६, सुनसरीमा ५, धनकुटा र सङ्खुवासभामा १(१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज २६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।