काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९५५ रुपैयाँमा झरेको छ ।