जाजरकोटमा रुखबाट लडेर एक जनाको मृत्यु

न्युजलय २० चैत २०७९, सोमबार ०७:३८ मा प्रकाशित

जाजरकोट । जाजरकोटमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका ४ प्याराधार निवासी ४० बर्षीय दीपक सार्कीको आइतबार दिउँसो रुखबाट लडेर मृत्यु भएको हो । 

नलगाड ४ को लम्ली जङ्गलमा बाख्रा गोठालो गएका सार्की भैँसीलाई घाँस काट्ने क्रममा बाँझको रुखबाट लडेर मृत्यु भएको नलगाड नगरपालिका ४ का वडा अध्यक्ष बद्री बहादुर पन्तले बताए ।