काठमाडौं । गायक राजेशपायल राईले पहिलोपटक छोराको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
गत असोज १५ गते राजेशपायल राईलाई पुत्रलाभ भएको समाचार आए पनि यसबारे राजेशपायल मौन थिए ।
उनीसँग लिभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट राजेशलाई पुत्रलाभ भएको हो । सङबुङले टिकटकबाट राजेशपायल र छोराको भिडियो तथा तस्वीर सार्वजनिक गर्दै आएकी थिइन् ।
राजेशपायलले बुधबार बेलुका छोराको पास्नीको तस्वीर सार्वजनिक गरेका हुन् । उनको यो पोस्टमा बधाई र शुभकामनाको ओइरो लागेको छ । उनले छोराको नाम सायारेम राखेका छन् ।