जिप दुर्घटनामा ३ जनाको मृत्यु

न्युजलय १५ बैशाख २०८२, सोमबार ०७:०५ मा प्रकाशित

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गएराती जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी अन्य २ जना गम्भिर घाईते भएका छन् । लु १ ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठुलापोखरा जादै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरूलाई मिशन अस्पतालमा पु¥याउदा चिकित्कसले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी जिप चालक २७ बर्षिय रञ्जन रेश्मी र २३ बर्षिय सरोज बुढा हुन् । घाइते दुबै जनाको मिशन अस्पताल तानसेनमा उपचार भईरहेको छ, । जिप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको छ ।

 घटनाको थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।