इटहरीमा फिटनेसका सामानहरुको शोरुम खुल्यो

न्युजलय १० बैशाख २०८१, सोमबार ११:१७ मा प्रकाशित

इटहरी । फिट्नेस सम्बन्धि सामानहरु बिक्रि गर्ने गरी इटहरीमा अप्टिमम् फिट्नेसको सोरुम खुलेको छ । इटहरीस्थित धरान लाइनमा रहेको यस पसलको उद्घाटन आइतबार गरिएको हो ।


गुणस्तरिय सामान सुपथ मूल्यमा बिक्रि वितरण गर्ने गरेको कम्पनीका संचालक राज गुरुङले जानकारी दिए । सोरुममा घर तथा जिम हाउसको लागि उपयुक्त हुने विभिन्न किसिमका सामानहरु बिक्रिका लागि राखिएको छ । 


फिट्नेस प्रति मानिसहरुको बढ्दो लोकप्रियताका कारण यसको सामान बिक्रि वितरणको सुरुवात गरिएको संचालक गुरुङले बताए ।