इटहरी । इटहरी १० स्थित ल्याण्डपिmिल्ड साइडमा इटहरीको फोहोर फाल्न सुरु गरिएको छ । बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने योजनासहित उक्त स्थानमा फोहोर फाल्न सुरु गरिएको हो ।
इटहरी उपमहानगरपालिका, बैकल्पीक उर्जा केन्द्र र वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि विचको सम्झौता अनुसार इटहरी उपमहानगरपालिका क्षेत्रबाट फोहोर संकलन गरि ल्याण्डफिल्ड साइडमा राखिएको हो । यसअघिसम्म इटहरीको चारकोशे झाडीमा फाल्ने गरिएको थियो ।
मल तथा बायोग्यास उत्पादनका लागि करिब डेढ महिना समय लाग्ने बताइएको छ ।
फोहोर व्यवस्थापन उक्त वडामा गर्दा स्थानीयवासीका लागि खेल मैदान, मसान घाट, बाटो, वाल निर्माणका साथै स्थानीय स्कुललाई मासिक अनुदान दिने सहमती भएको थियो । उक्त सहमती भने पुरा भइसकेको छैन । घाट निर्माणका लागि टेण्डर आह्वानपछि मात्र उक्त स्थानमा फोहोर फाल्न दिने भन्दै स्थानीयले अवरोध गर्दै आएका छन् ।
उक्त पूर्वाधारहरु इटहरी उपमहानगरपालिकाले समयमै निर्माण नगर्दा फोहोर व्यवस्थापन गर्न नपाएको इन्भारो कम्पनिका प्रबन्ध निर्देशक मानध्वज मोक्तानले बताए ।
फोहोर व्यवस्थापनका लागि त्रिपक्ष सम्झौता अनुसार प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने मेशिनका लागि ४० प्रतिसत बैकल्पीक उर्जाले उपलव्ध गराउने सहमति अनुसार केही रकम उपलव्ध गराई सकेको छ ।
इन्जिनियर निराजन सिहंका अनुसार प्रत्येक दिन ३० टन फोहोर हालेर ८ सय केजी बायोग्यास र ६ टन प्रागारिक मल उत्पादन गर्न सकिने छ ।