जोगवनीबाट ल्याएका अवैध सामान बरामद

न्युजलय ७ पुस २०७८, बुधबार १२:४३ मा प्रकाशित

विराटनगर । जोगवनीदेखि तस्करी गरेर ल्याइएको बाथरुममा प्रयोग हुने अवैधरूपमा सामान सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको छ । 

बुधबार(आज) बिहान सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानीको टोलीले ५ लाख ७५ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।

प्रहरीले धाराका टुटीलगायत बाथरुममा प्रयोग हुने सामान बरामद गरेको हो। बरामद सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए । 

उनका अनुसार जोगवनीबाट अवैध रूपमा ल्याएर विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकस्थित एउटा घरनजिक थोपरेर राखिएको अवस्थामा बरामद गरिएको हो । 


बरामद गरिएको सामान कसको र कसले तस्करी गरेर ल्याएको हो भन्ने खुल्न बाँकी रहेको जनाइएको छ ।

‘रातभर तस्करी गरेर ल्याएको सामान सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छलेर गन्तव्यसम्म पुर्‍याउन नसकेपछि एक ठाउँमा थोपरेर राखिएको हुनसने जनाइएको छ ।