सुनको मूल्य हालसम्म कै उच्च

न्युजलय २३ असोज २०८२, बिहिबार ११:५१ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

बुधवारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधवार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने तीन हजार २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।